A.D.:
Nepal Samvat: 1146 KACHHALATHWA PUNHI - 15
यस राजदूतावासले देहायबमोजिमको स्थान, मिति र समयमा नेपाली राहदानी नविकरण र प्रहरी चारित्रिक प्रमाणपत्र तथा पारिवारिक कागजपत्र प्रमाणिकरणका लागि घुम्ति शिविर सञ्चालन गर्न लागेको हुँदा राहदानीको अवधि सक्किएका, राहदानि फाल्ता आएका वा राहदानीको अवधि ६ महिना भन्दा कम बाँकी भएका, पोर्चुगलको Algarve Region अन्तर्गतका क्षेत्रहरुमा बसोबास गर्ने नेपालीहरुका लागि शिविरमा उपस्थित भई लाभान्वित हुन सूचित गरिन्छ ।
घुम्ति शिविर सम्बन्धी विस्तृत व्यहोरा:
मिति: १ नोभेम्बर २०२५ (शनिवार, दिउसो १२ वजेदेखि वेलुका ६ वजेसम्म)
२ नोभेम्बर २०२५ (आइतवार, विहान ९ वजे देखि वेलुका ४ वजेसम्म)
प्राविधिक कारणले शनिवार अनलाइन अपोइन्टमेन्ट खुला गर्न नमिलेको हुँदा आइतवारका लागि खुला गरिएको अपोइन्टमेन्टमध्ये विहान ९ वजेदेखि ११ वजेसम्म Slot बुक गर्नुभएका आवदेकहरु शनिवार दिउसो १२ वजेदेखि साँझ ५ वजे भित्र आइपुग्न हुन अनुरोध गरिन्छ । आइतवार दिउसो १२ वजे देखि दिउसो ४ वजेसम्म बुक गर्नेहरु आइतवार विहान ९ वजेदेखि नै सेवाका लागि घुम्ति शिविरमा आउनु हुन अनुरोध छ ।
स्थान: R. de Sao Pedro 31, 8000-256, Faro, Portugal
सम्पर्क नं.: +351965459362
आगामी दिनमा पोर्चुगलका अन्य स्थानहरुमा पनि घुम्ती शिविर सञ्चालन गर्ने कार्यतालिका रहेको हुँदा हालका लागि फारो क्षेत्रमा रहनुभएका नेपाली नागरिकहरु मात्र उक्त शिविरमा आइदिनु हुन अनुरोध गरिन्छ । यस अवधिका लागि खोलिएका राहदानीका अपोन्टमेन्टहरु घुम्ति सेवाका लागि मात्र प्रयोग हुने भएको हुँदा उक्त अपोन्टमेन्ट राजदूतावासबाट अन्य दिन सेवा प्रदान गर्न नसकिने व्यहोरा समेत अनुरोध गरिन्छ ।
विद्युतीय राहदानी नविकरणका लागि आवेदन गर्ने प्रक्रिया:
- राहदानी विभागको वेवसाईटमा उपलब्ध Passport Pre-Enrollement - NEPAL लिंकमा प्रवेश गरी आवश्यकता अनुसार पहिलो पटक राहदानी लिन First issuance, राहदानी नविकरणका लागि Renewal, हराएको, चोरिएको वा बिग्री नष्ट भएको राहदानी वापत Replacement (Lost/Stolen) तथा विवरण बिग्री नयाँ राहदानीको आवेदन गर्नु परेमा Damaged छनौट गरी Ordinary 34 page मा Click गर्ने ।
- Appointment Country मा Others छनौट गरी Enrollment Centre मा NE Lisbon छनौट गर्ने र आफुलाई पाएक पर्ने मिति र समय छनौट गरी फाराम भरेर त्यसको १ प्रति फाराम प्रिन्ट गरी आवश्यक कागजातहरु सहित उपस्थित हुने ।
-त्यसरी प्रिन्ट गरेको (Barcode सहितको PDF फाराम) भेरिफिकेशनका लागि ३१ अक्टोबर २०२५ सम्म यस राजदूतावासको इमेल eonlisbon1@gmail.com मा पठाउनु पर्नेछ । अन्यथा घुम्ति शिविरबाट सेवा प्राप्त गर्न सकिने छैन्
आवश्यक कागजातहरु:
प्रि-इनरोलमेन्ट गर्दा अपलोड गर्नुपर्ने तथा साथमा लिएर आउनु पर्ने कागजातहरू:-
नवीकरण गर्नका लागि:
· नेपाली नागरिकता प्रमाणपत्रको पहिलो र दोस्रो पेज छुट्टाछुट्टै ।
· १६ वर्षमुनिका बालबालिकाको हकमा नाबालक परिचयपत्र ।
· हालको राहदानीको वायो पेज (फोटो र व्यक्तिगत विवरणको पेज) र निकटतम व्यक्तिको विवरण भएको पेज (पेज नं ३० र ३१) छुट्टाछुट्टै ।
- विवाह तथा सम्बन्धबिच्छेदपश्चात थर परिवर्तन भएको हकमा विवाह दर्ता तथा सम्बन्धबिच्छेद दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
पोर्चुगलमा जन्मेका बालबालिकाको पहिलो पटक राहदानी बनाउनका लागि:
- सम्बन्धित स्थानीय निकायबाट जारी भएको जन्मदर्ताको प्रमाणपत्र
- बाबु र आमाको नागरिकता र राहदानी
- बाबु र आमाको विवाह दर्ता प्रमाणपत्र ।
लाइभ इनरोलमेन्ट गर्न राजदूतावासमा आउँदा माथि उल्लिखित सम्पूर्ण सक्कल कागजातहरू साथमा लिएर आउनुपर्ने छ ।
शुल्क:-
- नयाँ राहदानी वा राहदानी नवीकरण गर्न: युरो १२०/-
- हराएको, च्यातिएको वा नष्ट भएको राहदानीको सट्टामा नयाँ राहदानी आवेदन गर्न: युरो १८०/-
- विवरण सच्चाउनु पर्ने भई नयाँ राहदानी आवेदन गर्न: यूरो १२०/-
-१० वर्ष भन्दा मुनिका बालबालिकाको हकमा: ६० यूरो, हराएको राहदानीका हकमा: यूरो ९०/- ।
कागजात प्रमाणिकरणका लागि:
पारिवारिक कागजातहरुका लागि: प्रति कागजात यूरो ५०/-
शैक्षिक प्रमाणिकरणका लागि: प्रति कागजात यूरो १५/-
नोट:
खातावालाको नाम: Embaixada Nepal,
खाता नं. PT50003300004578535819505
बैंकको नाम: Millennium BCP Bank
नेपाली राजदूतावास, लिस्बन
२९ अक्टोबर २०२५