वि.सं:
नेपाल संवत: ११४५ तछलागा अष्टमी - २३
विद्युतीय राहदानी (E-Passport)
राहदानीका लागि तोकिएको अनलाइन फाराम भरी सम्बन्धित आवेदक स्वयं सक्कल राहदानी, नेपाली नागरिकता प्रमाणपत्र तथा राहदानी फारामको एकप्रति फारामको प्रिन्टसहित तोकिएको मिति र समयमा राजदूतावासमा आउनुपर्नेछ । अनलाइन राहदानी फाराम तलको लिंकबाट प्राप्त गर्न सकिन्छ ।
https://emrtds.nepalpassport.gov.np/
विद्युतीय राहदानी भर्ने प्रकृया:
- राहदानी विभागको वेवसाईटमा उपलब्ध https://emrtds.nepalpassport.gov.np लिंकमा प्रवेश गरी देहायमध्ये कुनै एक आवेदनको प्रकार छान्ने ।
- पहिलो पटक राहदानी बनाउने (नेपाली बाबु आमाका पोर्चुगलमा जन्मेका सन्तानको हकमा) वा हस्तलिखित राहदानीवाहकहरूले: First Issuance;
- पुरानो MRP नवीकरण गर्नका लागिः Renewal;
- हालको राहदानी हराएको/चोरिएको हकमा: Replacement (Lost/Stolen);
- हालको राहदानी विभिन्न कारणले बिग्रेको हकमाः Replacement (Damaged);
- त्यसपछि ३४ पेजको राहदानी लिन चाहनेले Ordinary 34 pages अप्सनमा अथवा ६६ पेजको राहदानी लिन चाहनेले Ordinary 66 pages अप्सनमा क्लिक गर्ने ;
· त्यसपश्चात उपलब्ध हुने राहदानीको फाराममा भएका विभिन्न उपशीर्षकमा रहेका विवरणहरू भर्ने । राजदूतावासहरूबाट आवेदन गर्ने सेवाग्राहीहरूले फाराममा राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख गर्नु अनिवार्य छैन।
· त्यसपश्चात नागरिकता प्रमाणपत्रको अगाडि पछाडि दुवै पेज, हालको राहदानीको वायो पेज (फोटो भएको पेज) र निकटतम व्यक्तिको विवरण भएको पेज (पेज नं ३० र ३१) तथा अन्य सान्दर्भिक कागजात (तल खण्ड ख मा उल्लेख भएअनुसारका कागजात) छुट्टाछुट्टै स्क्यान गरी अपलोड गर्ने ।
· अनि Book your Appointment मा प्रवेश गरेर Other विकल्प छनौट गरी NE, LISBON छानेर आफूलाई उपयुक्त हुने मिति र समय बुकिङ् गर्ने ।
· तत्पश्चात फारम Submit गर्ने र त्यसपछि प्राप्त हुने बारकोड सहितको फारम डाउनलोड गरी प्रिन्ट गर्ने ।
· Live Enrolment का लागि राजदूतावासमा आउँदा यो फारमको प्रिन्ट प्रति अनिवार्य साथमा लिएर आउनु पर्नेछ ।
ख. प्रि-इनरोलमेन्ट गर्दा अपलोड गर्नुपर्ने कागजातहरू:-
नवीकरण गर्नका लागि:
· नेपाली नागरिकता प्रमाणपत्रको पहिलो र दोस्रो पेज छुट्टाछुट्टै ।
· १६ वर्षमुनिका बालबालिकाको हकमा नाबालक परिचयपत्र ।
· हालको राहदानीको वायो पेज (फोटो र व्यक्तिगत विवरणको पेज) र निकटतम व्यक्तिको विवरण भएको पेज (पेज नं ३० र ३१) छुट्टाछुट्टै ।
· हालको राहदानी हराएको हकमा स्थानीय प्रहरीबाट जारी गरिएको राहदानी हराएको प्रहरी प्रतिवेदन ।
पोर्चुगलमा जन्मेका बालबालिकाको पहिलो पटक राहदानी बनाउनका लागि:
- सम्बन्धित स्थानीय निकायबाट जारी भएको जन्मदर्ताको प्रमाणपत्र
- बाबु र आमाको नागरिकता र राहदानी
- बाबु र आमाको विवाह दर्ता प्रमाणपत्र ।
लाइभ इनरोलमेन्ट गर्न राजदूतावासमा आउँदा माथि उल्लिखित सम्पूर्ण सक्कल कागजातहरू साथमा लिएर आउनुपर्ने छ ।
ग. शुल्क:-
· नयाँ राहदानी वा राहदानी नवीकरण (३४ पेज ) युरो १२०
· नयाँ राहदानी वा राहदानी नवीकरण (६६ पेज ) युरो १७०
· हराएको, च्यातिएको वा नष्ट भएको राहदानीको सट्टामा नयाँ राहदानी (३४ पेज ) युरो २४०
· हराएको, च्यातिएको वा नष्ट भएको राहदानीको सट्टामा नयाँ राहदानी (६६ पेज ) युरो ३४०
१० वर्ष भन्दा मुनिका बालबालिकाको हकमा माथि उल्लिखित शुल्कको आधा शुल्क लाग्नेछ ।
१६ वर्ष उमेर पुगेका तर नेपाली नागरिकताको प्रमाणपत्र नबनाएकाहरूको राहदानी नवीकरण गर्दा राहदानीको बहाल अवधि २ वर्षको मात्र हुनेछ र उक्त अवधिभित्र नेपाल गएर अनिवार्य रुपमा नागरिकता बनाए पश्चात मात्र अर्को राहदानी बनाउन सकिनेछ ।
घ. अन्य जानकारी :-
· E-passport का लागि Live Enrolment गर्न आवेदक स्वयं अनिवार्य रुपमा राजदूतावासमा उपस्थित हुनुपर्ने छ ।
· ५ वर्ष भन्दा बढी उमेरका आवेदकले e-passport का निमित्त फोटो ल्याउनु पर्ने छैन ।
· ५ वर्ष भन्दा कम उमेरका बालबालिकाको हकमा फोटो स्टुडियोमा हालसालै खिचिएको White background भएको 45mm ×35mm साईजको रंगिन फोटो १ प्रति ल्याउनु पर्नेछ ।
· E-passport का लागि pre -enrolment आवेदक आफैले गर्नुपर्नेछ ।
· यन्त्रवाचक राहदानी (MRP) को बहाल अवधि (Validity) बाँकी रहेसम्म सोही राहदानी प्रयोग गर्न सकिनेछ । सामान्यतः हालको राहदानीको बहाल अवधि (Validity) १ वर्षभन्दा कम भएमा मात्र राहदानी नवीकरण हुनेछ ।
नोट: E-passport का निमित्त pre -enrolment गर्दा आफ्ना विवरणहरू भरिसके पछि पेश (Submit) गर्नु भन्दा अगाडि राम्रोसँग रुजु गर्नुहुन अनुरोध गरिन्छ । यदि गलत विवरण पेश भएमा त्यही गलत विवरण उल्लेख भएर राहदानी तयार हुनेछ र सच्च्याउनु परेमा पुन:दस्तुर लाग्नेछ ।