वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व सप्तमी - ७
अधिकृत वारेसनामा प्रमाणिकरणको लागि आवश्यक प्रक्रिया तथा कागजातहरु:-
१. मुलकी देवानी कार्यबिधि (संहिता) ऐन, २०७४ को दफा १५४ मा उल्लेख भएबमोजिम लिने र दिनेको तीन पुस्ते विवरण उल्लेख गरी तोकिएको ढाँचामा नेपाली कागजमा रितपूर्वक लेखिएको अधिकृत वारेसनाको कागज २ (दुई) प्रति तयार गर्ने र उक्त वारेसनामा तयार गर्ने अधिबक्ताको प्रमाणपत्रको प्रतिलिपि सहित पेश गर्नुपर्नेछ ।तयार भएको अधिकृत वारेसनामा २ प्रति सक्कल नै पेश गर्नुपर्नेछ ।
२. अधिकृत वारेशनामा दिने व्यक्तिले मलुकी देवानी कार्यविधि नियमावली, २०७५ को अनुसूची ४५ बमोजिमको नेपाली कागजमा तयार गरिएको निवेदन संलग्न गर्नुपर्नेछ ।
३. अधिकृत वारेसनामा दिने र अधिकृत वारेसनामा लिनेको सक्कल नागरिकता प्रमाणपत्र वा नोटरी पव्लिकबाट प्रमाणित भएको प्रतिलिपि संलग्न गरेको हुनुपर्नेछ ।
४. किनारामा उल्लेख भएका साक्षीहरूको नागरिकताको प्रतिलिपी १/१ प्रति हुनुपर्नेछ ।
५. अधिकृत वारेसनामा दिनेको नेपाली राहदानी र भिसा कपी सक्कल र प्रतिलिपि संलग्न गर्नुपर्ने छ ।
६. अधिकृत वारेसनामा दिने व्यक्ति स्वयं नै प्रमाणिकरणको लागि महामहिम राजदूतज्यू समक्ष उपस्थित हुनुपर्ने ।
७. घर/जग्गाधनी प्रमाणपत्रको सक्कल वा नोटरी पव्लिकबाट प्रमाणित प्रति संलग्न गर्नुपर्नेछ । सवारीसाधन सम्बन्धी भए सवारी धनि पूर्जा सक्कल वा नोटरी पब्लिकद्वारा प्रमाणित फोटोकपी संलग्न गर्नु पर्नेछ र शेयर सम्बन्धि भएमा शेयर धनि प्रमाण पत्रको सक्कल वा नोटरी पब्लिकद्वारा प्रमाणित फोटोकपी संलग्न गर्नु पर्नेछ । मुद्दा-मामिला परिसकेको भए तारेख पत्रको कपि र मुद्दा-मामिला दायर गर्नु पर्ने भए सो को स्पष्ट बिबरण लिखितममा खुलाएको हुनेपर्नेछ ।
८. घर/जग्गा सम्बन्धी भएमा चालु आर्थिक वर्षको मालपोत तिरेको रसिदको सक्कल वा नोटरी पव्लिकबाट प्रमाणित प्रति संलग्न हुनुपर्नेछ ।
९. अधिकृत वारेसनमा दिने र लिने दुवैको हालै खिचिएको २/२ प्रति फोटो ।
१०. राजश्व: ५ (पाँच) युरो । तीन तीन पुस्तावाहेक अरुलाई सम्पत्ति बिक्री गर्ने वा हक छाडिदिने गरी गरिएको अधिकृत वारेसनामा प्रमाणित गर्दा जम्मा ४० (चालिस) युरो ।
शुल्क हालका लागि नगद मै भुक्तानी गर्न सकिनेछ ।
* हराएमा, चोरी भएमा, च्यातिएको वा कुनैपनि तबरले नस्ट भएमा पुन: उही राजश्व सहित माथि उल्लेख गरिएबमोजिमको कागजातहरु पेस गरि प्रक्रिया अगाडी बढाउनुपर्ने छ ।